एजेन्सी।
जापानको राजधानी टोकियोको एक कम्पनीले उड्ने मोटरसाइकल सार्वजनिक गरेको छ ।फुजी हिमालको फेदमा अवस्थित एक खाली रेसट्र्याकमा होभरबाइक नामक उड्ने मोटरसाइकल सार्वजनिक गरिएको हो ।

एकपट चार्ज गरेपछि ४० मिनेटसम्म प्रतिघण्टा एक सय किलोमिटरको स्पिडमा उड्नेछ भने नेपाली रुपैयाँ ८ करोड २० लाख पर्ने उक्त मोटरसाइकल एएलआई कम्पनीले उत्पादन गरेको हो।

कम्पनीका अनुसार तीन सय किलो तौल रहेको उड्ने मोटरसाइकलमा एकजना चढ्न मिल्छ भने उक्त बाइकमा एउटा परम्परागत इन्जिन र ब्याट्रीजडित चार मोटर छन् ।

मोटरसाइसलक सार्वजनिक भएको दिनदेखि नै अर्डर लिन थालिएको र आगामी वर्षको मध्यसम्ममा सीमित ग्राहकलाई २०० मोटरसाइलक उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय