सर्लाही।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले ओलीले गफ बाहेक विकासका अरु कुनै पनि काम नगरेको आरोप लगाएका छन् ।मंगलबार सर्लाहीको हरिवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गिनिज बुकमा ओलीको नाम ‘गफाडी प्रधानमन्त्री नम्बर एक’ भनेर लेखिने कुरा बताएका हुन्।

ओलिले काम केही नगरेको र झुठा र हसाउने काम मात्र गरेको उनको भनाइ छ।देशमा आफूहरूले विद्रोहको राँको बालेको दावी गर्दै नेपालले राँको लिएर हामी देश दौडाहामा लागेको बताए।

‘नेपालको राजनीतिक इतिहासमा अहिले विद्रोहको झिल्को बलेको छ। कम्युनिष्ट आन्दोलनको शिर ठाडो पारेर समाजवादी अगाडि बढेको छ। नेपाली जनताको परिवर्तनको चाहना पूरा गर्नका लागि समाजवादी अगाडि बढेको छ’, उनले भने। उनले समाजवादी पार्टीले क्रान्तिकारी विरासतलाई बोकेको दावी समेत गरेका छन्।

उनले पुराना पिंढीका मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित र सिद्धिलाल सिंह लगायतका नेताहरुको विचार र आर्दश बोकेका नेता आफूसँग भएको दावी गरेका छन्।

दुई तिहाई बहुमत भएको पार्टीलाई केपी ओलीले विभाजनको दिशामा लगेको नेपालले आरोप लगाए। ‘पहिले माओवादी पार्टीलाई अलग पारेर पछि हामीलाई पनि घोक्र्याएर पार्टीबाट निकाल्नु भयो। आत्मसमपर्ण गरौंला, टाँगमुनि छिरौंला भन्ने उहाँले सोच्नु भएको थियो’, उनले भने, ‘ हामी सम्माजनक एकताको पक्षमा थियौं। तर, केपी ओलीको रबैयामा कुनै सुधार भएन्। उहाँले नीतिभन्दा नेता ठूलो भन्ने मान्यता बोक्नु भयो।’

नेपालले अर्को प्रसंगमा केपी ओलीको पार्टीसँग कुनै एकता नहुने दावीसमेत गरे। लोकतान्त्रिक मूल्य र मान्यता बोकेका पार्टीसँग अगामी चुनावी एकता हुन सक्छ। तर, केपी ओलीसँग कुनै पनि हालतमा एकता हुँदैन भनेर पार्टीका कार्यकर्तालाई आश्वासत समेत पारेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x