• कार्तिक १०, २०८३ मंगलबार
    27 Oct, 2026, Tuesday

    रवि लामिछाने विरुद्ध फेरि म्याद थपियो


    २०८१ मंसिर २३, आइतबार

    २०८१ मंसिर २३, आइतबार

    काठमाडौ /
    सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो।

    लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको थियो । लामिछाने कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए।

    त्यसयता उनीविरुद्ध पटक पटक म्याद थप भएको छ। लामिछानेविरुद्ध, चितवन, बुटवल, काठमाडौँ र पर्सामा समेत पक्राउ पुर्जी जारी भएको छ।

    सम्बन्धित