
चाप्लुसी र पिपलपाते हेर्दाहेर्दै महान भए
सोझा सिधाहरू सबै प्रयोगका सामान भए।
हिजोसम्म काम नलाग्ने बेकामी हुन् भन्दथे
दुइचार पैसो कमाए`सि उनीहरू अम्लान भए।
सहिदहरू सम्झनलाई सहिद दिवस कुर्नुपर्छ
यस्तै चटक देखाउँछन् आँखाहरू हैरान भए।
बोल्नेहरू बोलिरहन्छन् सुन्नेले केही सुन्दैनन्
सुन्नेहरूले बुझेको भा कति कुरा उठान भए।
एउटै खोला किनारमा लडेका छन् पत्थरहरू
कुनै ठेस लाग्न पुग्छन् कुनै चाहिँ भगवान भए।
अम्बिका कार्की
चितवन