नुवाकोट /
हरेक वर्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस प्रयोजनका लागि स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ। आर्थिक वर्ष २०८०/८१ का लागि पनि वित्तीय समानीकरण अनुदान सिफारिस प्रयोजनका लागि आयोगले मूल्याकंन गरिसकेको छ।
जस अनुसार नुवाकोटको १२ पालिका मध्ये ६६.४५ अंकसहित म्यागाङ गाउँपालिका प्रथम र ४०.५१ अंकसहित तारकेश्वर गाउँपालिका अन्तिम भएका छन। चार पालिकाले ५० भन्दा कम अंक पाएका छन ।


आयोगका अनुसार आशा तामाङले नेतृत्व गरेको म्यागाङ गाउँपालिकाले ६६.४५, सज्जन लामाले नेतृत्व गरेको ककनी गाउँपालिकाले ६१.१९, तेजबहादुर तामाङले नेतृत्व गरेको पञ्चकन्या गाउँपालिकाले ५६.८९, गोविन्द थपलियाले नेतृत्व गरेको शिवपुरी गाउँपालिकाले ५६.६, सन्तबहादुर तामाङले नेृतृत्व गरेको तादी गाउँपालिकाले ५५.८८, राजनलाल श्रेष्ठले नेतृत्व गरेको विदुर नगरपालिकाले ५५.५७ अंक प्राप्त गरेका छन ।
त्यस्तै शंकरबहादुर थापाले नेतृत्व गरेको दुप्चेश्वर गाउँपालिकाले ५३.३१, वीरबल तामाङले नेतृत्व गरेको किस्पाङ गाउँपालिकाले ५०.०४, ध्रुव श्रेष्ठले नेतृत्व गरेको लिखु गाउँपालिकाले ४६.०८, सन्तबहादुर घलेले नेतृत्व गरेको सूर्यगढी गाउँपालिकाले ४५.११, जगतबहादुर गुरूङले नेतृत्व गरेको बेल्कोटगढी नगरपालिकाले ४३.४९ र शिव अधिकारीले नेतृत्व गरेको तारकेश्वर गाउँपालिकाले ४०.५१ अंक प्राप्त गरेका छन । सबैभन्दा कम अंक ल्याएको तारकेश्वर गाउँपालिका पछिल्लो समय सबैभन्दा बढी विवादित पालिका पनि हो।
