नुवाकोट ।

जिल्लामा प्रहिलो पटक आयोजित मिस त्रिशुली सौर्न्दर्य  प्रतियोगिताको उपाधी त्रिशुलीकी मुस्कान बज्राचार्यले जितेकी छिन् ।

शनिबार नुवाकोटको याङ्ग्रा होटेलमा आर बि क्राउन प्रालिद्वारा आयोजित प्रतियोगितामा फाइनल राउन्डमा निर्णायकहरुलाई प्रभावित पार्दै बज्राचार्यले उपाधी चुमेकी हुन् । उनले  सुन्दरता वर्णको आधारमा मात्र नहुने बताउदै बौद्धिकता नै सुन्दरताको परिचय हो भन्दै निर्णायक तथा दर्शकलाई मोहित पारेर प्रतियोगिताको शिर्ष उपाधी र  मिस कन्फिडेन्टको उपाधी जित्न सफल भएकी हुन् ।

प्रतियोगिताको प्रथम रनरअप तथा मिस फ्रेन्डलिको उपाधी भाबना थापा मगर,दितिय रनरअप तथा मिस स्किन भुमिका थापा मगर ,भिवर्स् च्वाइस तथा मिस पपुलर उमिर्ला तामाङ ,मिस पर्सान्यालिटि डोल्मा तामाङ ,मिस हेल्दि हेयर कबिता पौडेल,मिस फोटो ज्यानिक रिमा तामाङ र मिस चार्मिंग साइरन तामाङले
जितेकी छिन् ।

विदुर नगरपालिकाको उप मेयर प्रभा बोगटीको प्रमुख आतिथ्यमा रबिन्द्र बज्राचार्यको सभापतित्वमा सुनिल बज्राचार्य , आनन्द शाक्य, राज कुमार नापित, विष्णु देवी  प्रधान, महेन्द्र श्रेष्ठ लगायत अथितीहरुको उपस्थितिमा प्रतियोगिता आयोजना भएको थियो ।

८ जना फाईनलिस्ट रहेको प्रतियोगितामा सुरज विर बज्राचार्य,चर्चित डान्सर निर्मल तामाङ, कृतना खतिवडा  र सचिन बोगटी निर्णायक रहेको प्रतियोगिताको अफिसियल क्यामेराम्यान सन्देश शाक्य रहेका थिए भने कार्यक्रम उत्तम चन्द्र खतिवडाले संचालन गरेका थिए ।

सांस्कृतिक प्रस्तुति सहित समापन भएको प्रतियोगिता प्रहिलो पटक नुवाकोटमा आयोजना गर्न पाउँदा खुशी रहेको आयोजक रबिन्द्र बज्राचार्यले बताए। कार्यक्रम गर्दा कहि कतै कुनै कमजोरी भएको हुन सक्ने बताउदै अर्को कार्यक्रममा तेस्ता समस्या सुधार्दौ जाने उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय