नुवाकोट /
देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। तराईका धेरै क्षेत्रमा हुस्सु लागेको छ भने काठमाडौं उपत्यका र नुवाकोटको आकाश पनि धुम्म रहेको छ ।
दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


राति प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको आकलन गरिएको छ भने प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपात हुनसक्ने देखिएको छ ।
