नुवाकोट /
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको कारण गठबन्धन टुटेको घोषणा गरेका छन्।बालुवाटार बैठकबाट बाहिरिएका दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,”आजको बैठकमा कुरा मिलेन ।कांग्रेसको कारण गठबन्धन टुट्यो। म बालुवाटारबाट बाहिरिएँ ।अब पार्टीमा छलफल गर्छु ।कसरी अघि बढ्ने भन्नेबारे निर्णय लिन्छु ।”

कांग्रेसले पहिलो राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछोड्ने अडान लिएपछि गठबन्धन टुटेको हो। आजको बैठकमा दाहालले तीन प्रमुख पद कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर लिनुपर्ने प्रस्ताव राखेका थिए। त्यसमा देउवा सहमत भएनन्।रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय