नुवाकोट /
जिल्लाको म्यागङ -५ जोरचौतारामा लिभिङ वाटर नेपालको खानेपानी आयोजना उद्घाटन सम्पन्न भएको छ। आज बिहीबार प्रमुख अतिथी म्यागङ गाउँपालिका प्रमुख आशा तामाङ र नेसपा पोलिटब्युरो सदस्य डा. भिमलाल तामाङले संयुक्तरूपमा रिबन काटेर उद्घाटन गरेका हुन।


नेसपा नेता राजन बमले संचालन गरेको उक्त उद्घाटन कार्यक्रमको अर्का विशेष अतिथीमा लिभिङ वाटर नेपालका डाइरेक्टर विजय गुरुङ रहेका थिए भने कार्यक्रमको अध्यक्षता युवा नेता वीर बहादुर तामाङ (दिनेश) गरेका थिए ।
उक्त उद्घाटन कार्यक्रमको अन्य अतिथिहरुमा म्यागङ -५ वडा अध्यक्ष जितबहादुर तामाङ, वडा सदस्य कृष्णमणि खतिवडा लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।
उक्त खानेपानी आयोजना अन्तर्गत १ सय १० धारा निर्माण गरेर पानी वितरण गरिएको छ ।




