पाल्पा/
जिल्लाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार उक्त दुर्घटनामा परेर २५ जना घाइते भएका छन् ।

सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो। दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको जनाइएको छ ।

घटनाका सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय