नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -४ किम्ताङमा प्रथम मेयर कप भलिबल कार्यक्रम सम्पन्न भएको छ। हिजो शनिबार गाउँपालिका प्रमुख आशा तामाङको प्रमुख आतिथ्यतामा समापन गरिएको हो।

तेम्सलि खेलमैदानमा आयोजित समापन कार्यक्रमको संचालन दिनेश गुरुङ र उद्घोषण मार्शल तामाङले गरेका थिए भने सभापतिमा सामाज सेवि दल बहादुर घले रहेका थिए। मणिमाया तामाङको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा अन्य विशेष अतिथिहरुमा गाउँपालिका उपप्रमुख सिता तामाङ, वडा नं -३ का वडा अध्यक्ष हरि बहादुर तामाङ र खानिबस गाउँ पालिका -५ वडा अध्यक्ष रबिन तामाङको उपस्थिति रहेको थियो।

खनियाबास गाउँपालिका धादिङ प्रथम बनेको उक्त प्रतियोगिताको द्वितीय उपाधी भने नुवाकोटको पञ्चकन्याले चुमेको थियो।

यसैगरी, समापन कार्यक्रममा गायक गायिका मोडेल रुपा एस घले र चिजा लेकालि तामाङको सानदार सांस्कृतिक प्रस्तुति समेत रहेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय