नुवाकोट /
जिल्लाको विदुर -५ पिपलटारका मौरी पालक किसान भिम अधिकारी जसले अहिले यहि पेशाबाटै वार्षिक १० लाखसम्म आम्दानी लिन सफल भएका छन।
२ बर्ष अगाडि १ घार मौरि घार ११ हजारमा खरिद गरि ब्यबसाय सुरु गरेका उनले सोहि ब्यबसायबाट वार्षिक १० लाखसम्म आम्दानि गर्न सफल भएका हुन।



बिदुर नगरपालिका वडा नं ५ का भीम अधिकारी अब सबै जनाले कृर्षि ब्यबसाय लाई अगाडि बढाउन पहल गर्ने हो भने आर्थिक सम्बृद्धिको यात्रामा सफल हुन सकिने बताउँछन। बढ्दै गएको बेरोजगारी समस्या आर्थिक ब्यबसायिक तनाबका कारण पिडा भोगिरहेको अवस्थामा मौरी पालन ब्यवसायमा सानोतिनो लगानि गरि गर्न सकिने सुनेर सुरुवात गरेकोमा अहिले १० दस लाख आम्दानि लिन सफल भएको र यसले आज बाबु नानि को कलेज फि तिर्न सजिलो भएको बताए।

जिबनको दौरानमा धेरै ब्यबसाय गरि सबैतिरबाट घाटा ब्यहोरेका उनले मौरि पालन ब्यवसायबाट भने राम्रो आम्दानि लिन सफल भएको छ ।
नुवाकोट जागरण संगको साक्षात्कारमा यसैलाई निरन्तरता दिने बताए। नुवाकोट जिल्लामा मौरी पालन ब्यवसायको राम्रो सम्भावना रहेकोले नयाँ व्यवसाय गर्न आवश्यक सल्लाह ऊचित परामर्श सेवा प्रदान गर्ने उद्देश्यले नुवाकोट पिपलटारमा मौरी पालन तालिम मौरीजन्य सामानको खरिद बिक्री केन्द्र स्थापना समेत गरि सबै सेवा प्रदान गर्दै आएको जानकारी गराए।

किसानलाई आवश्यक सल्लाह सामाग्री दिने र उत्पादन हुने सामाग्री खरिद गर्ने भएकाले पनि ढुक्क भएर लगानी गर्न सबैलाई अपिल समेत गरेका छन ।
सम्पर्क:
भीम अधिकारी पिपलटार 9841806428
