नुवाकोट /
राष्ट्र बैंकले विना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघु कर्जा प्रदान गर्दा नयाँ व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले मात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरिएको छ।

यसले यसअघिको एकै व्यक्तिलाई धेरै संस्थाहरूले गर्न पाउने कर्जा लगानीको व्यवस्था खारेज गरेको छ।

यस्तै लघुवित्त वित्तीय संस्थाहरूलाई नियतपूर्वक ऋण नतिर्ने ऋणीहरूलाई कालोसूचीमा राख्न सम्बन्धित संस्थाले कर्जा सूचना केन्द्रलाई सिफारिस गर्न बाधा नपर्ने समेत निर्देशनमा उल्लेख गरिएको छ।

तर लघुवित्त वित्तीय संस्थाले परिस्थितिवश ऋण नतिर्ने ऋणीहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेको भएता पनि यदि केही समय प्रदान गरेमा ऋणीले प्रयास गरी छोटो अवधिमा ऋण चुक्ता गर्छ भन्ने संस्थालाई लागेमा ६ महिनाको लागि कालो सूचीबाट हटाउने व्यवस्था गर्न सक्नेछ। तर, ६ महिनाभित्र ऋण चुक्ता नगरेमा अनिवार्य रूपमा कालोसूचीमा समावेश गर्न केन्द्रलाई सिफारिस गर्नुपर्नेछ। हाल यस्तो व्यवस्था थिएन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय