नुवाकोट /
“BEST TRAFFIC POLICE OF THE MONTH ” बाट नुवाकोटका एकजना प्रहरी हवल्दार सम्मानित भएका छन। म्यागङ गाउँपालिका -५ स्थायी ठेगाना भएका नवराज सापकोटा उक्त अवार्डबाट सम्मानित भएका हुन।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय ट्राफिक प्रहरी गुल्म रामशाहपथ दरबन्दी भई ट्राफिक प्रहरी बृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी हवल्दार नवराज सापकोटा सम्मानित भएका हुन।

उनले ड्यूटीको अवस्थामा आम सड्क प्रयोगकर्ता तथा विदेशी तथा स्वदेशी अति विशिष्ट तथा बिशिष्ट व्यक्तिको सवारी आवागमनलाई सहजता तुल्याउनुको साथै ट्राफिक नियम उल्लंघन गर्ने बढी भन्दा बढी सवारी चालकहरुलाई कारवाहीको दायरामा ल्याई ट्राफिक व्यवस्थापनमा चुस्त दुरुस्त राखी आम सर्वसाधरणमा ट्राफिक ज्ञानको सुचना प्रवाह गरि सवारी दुर्घटना न्यूनिकरण जस्ता उल्लेखनीय कार्य गरेका थिए।

कार्यालयबाट आएका नीति निर्देशन तथा अडर आदेशको अक्षरस: पालना गर्दै आफुलाई तोकिएको जिम्मेवारी सरल, सहज, सुरक्षित र भरपर्दो तवरले पुरा गर्ने जस्ता कार्य गरी सर्वसाधारणबाट सकारात्मक पृष्टपोषण प्राप्त हुनुको साथ साथै निजले गरेको हालसम्मको कार्य सम्पादन स्तर तुलनात्मक रुपमा उत्कृष्ट रहेको पाईएकोले यस्ता प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत हौसला बढ्न जाने तथा त्यसबाट जिम्मेवारी निर्वाहमा हरेक कर्मचारीहरुमा सकारात्मक प्रभाव पर्न गई संगठनको व्यबसायिक कार्यदक्षतामा उच्च सुधार भई तथ्यलाई दृष्टिगत गरी निज प्रहरी हवल्दारले गरेको कार्यको कदर स्वरुप २०८१ बैशाख महिनाको BEST TRAFFIC POLICE OF THE MONTH घोषणा गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय