नुवाकोट /
ताजी तामाङ्ग एकता समाज नेपालद्वारा आयोजित शुभ दिपावलीको अवसरमा शुभकामना आदन प्रदानका साथै खेलाडीहरुलाई बधाई तथा सम्मान कार्यक्रम भव्यताकासाथ सम्पन्न भएको छ।

कार्तिक १० गते ताजी तामाङ्ग एकता समाज नेपालको आयोजनामा किस्पाङ गाउँपालिका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेकाे प्रमुख आतिथ्यतामा, किस्पाङ गाउँपालिका वडा नं.२ का वडाध्यक्ष बद्री प्रसाद देवकोटाकाे विशेष आतिथ्यतामा किस्पाङ-२ का वडा सदस्यहरु :- बम बहादुर तामाङ , बिशु माया तामाङ, गोपाल तामाङ, कमला दमाई, ऐंसेलु भुमि माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दा राम न्यौपाने , प्रधानमन्त्री कार्यालय छैटौं तह अधिकृत विनोद न्यौपाने, किस्पाङ गाउँपालिका पञ्चिकरण विभागका अधिकृत श्री कृष्ण भट्ट, समाजसेवी, खेलाडीहरु र स्थानीयहरु गरि करिब २५० जनाको उपस्थितिमा खेलाडीको लगनशीलता, अनुशासन, मेहनत र सफलताको कदर गर्दै ताजी तामाङ्ग एकता समाजका खेलाडीहरु तथा व्यवस्थापक टिमलाई सम्मान स्वरुप शुभ दीपावलीकाे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा खेलाडीहरुलाई सम्मान कार्यक्रम भएको हो ।

उक्त कार्यक्रममा शुभ दिपावलीकाे शुभ कामना सहित खेलाडीहरुको उच्च कदर गर्दै प्रमुख अतिथि किस्पाङ गाउँपालिका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले सम्मान पत्र प्रदान गरेका हुन ।

मिति २०८०।०६।२८ गतेदेखि २०८०।०७।०८ गतेसम्म
विजय दशमी तथा शुभ दिपावलीको अवसरमा रसुवा जिल्ला उत्तरगया गाउँपालिका-३ ठुलोगाउ स्थित ठुलोगाउँ युवा क्लाबको आयोजनामा संचालन भएको ठुलोगाउँ कप-२०८० 5A साईड खुल्ला फुटबल प्रतियोगितामा यस ताजी तामाङ्ग एकता समाज नेपालले सहभागी २६ टिमलाई पछि पार्दै प्रथम स्थान हासिल गरि गौरवमय ईतिहास रच्न सफल भएको छ ।

यसै कार्यक्रमका बिच ताजी तामाङ्ग एकता समाज नेपालका खेलाडीहरुलाई विजय दशमीको अवसरमा खेलाडीलाई हौसला प्रदान गर्न, फुटबल खेलको विकास र विस्तारका लागि जर्सी प्रदान गरि सहयोग गर्नुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका नुवाकोट प्रदेश “ख” का उम्मेद्वार एवम् समाजसेवी रण प्रसाद न्यौपाने र विदुर न.पा.-२ बट्टार स्थित संगम चोकमा रहेको Suit Durbar का प्रबन्ध निर्देशक (managing director) पुर्णमान कुमार श्रेष्ठलाई विशेष धन्यवाद दिदै वहाँहरुको योगदानको कदर गर्दै ताजी तामाङ्ग एकता समाज नेपालको तर्फबाट प्रशंसा पत्रको व्यवस्था गरिएको थियोे ।

उक्त कार्यक्रम विविध सांस्कृतिक कार्यक्रमका बिच प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिगणहरूको मिठो मन्तव्य सहित कार्यक्रम भव्यरूपमा सफल भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय