नुवाकोट /
प्रेस चौतारी नेपाल जिल्ला शाखा नुवाकोटको अध्यक्षमा श्रीराम अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

नेकपा एमाले निकट उक्त संगठनको सातौं अधिवेशनबाट अधिकारीको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन गरिएको हो ।

अध्यक्ष अधिकारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।

संगठनको उपाध्यक्षमा सुनिल श्रेष्ठ, महिला उपाध्यक्षमा सुमित्रा पौडेल, सचिवमा केदार ढकाल, उपसचिवमा कृष्णप्रसाद अधिकारी र कोषाध्यक्षमा शिवहरी पाठक चयन भएका छन्।

सदस्यहरुमा किशोर ओली र लक्ष्मीप्रसाद रिमाललाई चयन गरिएको छ ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा देवचन्द्र भट्ट, रामराजा श्रेष्ठ र सुमित्रा पौडेललाई चयन गरिएको छ ।

यस्तै प्रदेश प्रतिनिधिमा भोलाराज पौडेल, पुरुषोतम रिजाल र सुशिला लामिछानेलाई चयन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x