नुवाकोट /
जिल्ला प्रहरी कार्यालय नुवाकोटले कर्तव्य ज्यान मुद्दाका फरार एकजना दोषीलाई २४ वर्षपछि पक्राउ गरेको छ।

विदुर नगरपालिका – १३ देउडी सुकुम्बासी बस्ने बर्ष ५३ को लक्ष्मण तामाङको हत्या गरेर फरार रहेका तारकेश्वर गाउँपालिका वडा नम्बर ५ काभ्रेगाँउ बस्ने माईला भन्ने छेप्पा तामाङलाई प्रहरी चौकी दानसिंहबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता तिलक भारतीले जानकारी दिए।

उनलाई तारकेश्वर गाउँपालिका वडा नम्बर ५ लिग्लेनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

२०५५ साल बैशाख २० गते लक्ष्मणको हत्या गरि कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका उनलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि २०५७ माघ ९ गतेको फैसला बमोजिम २० बर्ष जन्म कैद फैसला सुनाएको थियो तर उनी त्यसयता फरार रहेका थिए।

पक्राउ गरिएका उनलाई जिल्ला अदालत नुवाकोटमा पेस गरेर १९ बर्ष कैद भुक्तानका लागि आजै कारागार कार्यालय नुवाकोटमा चलान गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x