नुवाकोट /
सम्पादक समाज नेपालले संस्थापक अध्यक्ष एवं वरिष्ठ पत्रकार गोविन्द वियोगीको स्मरणमा स्थापना गरेको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार २०८१’ ध्रुव रावल र डिबि विष्टलाई प्रदान गरिने भएको छ।
पर्वत जिल्लामा महिलाहरूद्वारा सञ्चालित सामुदायिक एफ. एम. रेडियो ९५.२ लाई प्रदान गर्ने निर्णय गरेको हो।


संस्थागत रूपमा प्रदान गरिने यो पुरस्कार प्रमाणपत्र सहित नगद रु. २५ हजार रहेको छ ।
यस्तै गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार राजधानी दैनिकका बझाङ सम्वाददाता डीबी विष्ट र समय अनलाइनको सम्पादक ध्रुव रावललाई प्रदान गर्ने भएको छ ।
बझाङ जिल्लालाई कार्यक्षेत्र बनाइ पत्रकारिता गरिरहेका विष्ट नेपाल पत्रकार महासङ्घ बझाङका सभापति हुन् भने रावल नुवाकोटमा रहेर विभिन्न सञ्चार माध्यमामा आबद्ध हुँदै पत्रकारिता गरिरहेका छन् ।
