नुवाकोट /
जिल्ला लगायत काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्कका महसुु सभएको हो ।
एन्ड्रोइड अर्थक्वेक अलर्ट सिस्टमका अनुसार सिन्धुपाल्चोकको ज्यामिरेबाट दुई किलोमिटर परको भूभागलाई केन्द्रबिन्दु बनाउने ४.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको हो ।


केही सातायता नेपालको सुदूरपश्चिमी भूगोलमा लगातार भूकम्प गइरहेको छ। यस्तोमा मध्य नेपालमा पनि भूकम्पको धक्का महसुस भएको हो ।
पछिल्लो पटक यही पुस १६ गते बैतडीलाई केन्द्रबिन्दु बनाउँदै ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो। सुदूरपश्चिमी भूगोलमा लगातार धक्का आइरहँदा भूकम्पविद्हरूले ठूलो भूकम्प जान सक्नेतर्फ सर्वसाधारणलाई सचेत गराइरहेका छन् ।
