नुवाकोट
जिल्लामा म्यागङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उक्त भवन उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री लामाले गाउँपालिकाको भवन निर्माणसँगै सेवाग्राहीलाई सहजरुपमा सेवा सुविधा पुग्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

नवनिर्मित उक्त भवनको लागत सात करोड ३६ लाख २१ हजार ५५२ रुपैयाँमा रहेको गाउँपालिका अध्यक्ष आशा तामाङले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय