नुवाकोट/
जिल्लाको लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

पञ्चकन्या र शिवपुरी गाउँपालिकाको सिमानामा पर्ने त्रिवेणीधाम नजिकै लिखु खोलामा डुबेर एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ।

शुक्रबार दिउँसो पौडी खेल्ने क्रममा काठमाडौ बुढानिलकण्ठ घर भएका १८ वर्षिय रिजन गजमेरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

मृतक गजमेरको शवलाई पोस्टमार्टमका लागि काठमाडौस्थित शिक्षण अस्पताल लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x