नुवाकोट /
जानुका धमला (सन्ध्या)को “बारुद भित्र जीवन” एक बिशेष कार्यक्रम बिच लोकार्पण भएको छ ।दशबर्षे जनयुद्धमा जनमुक्ति सेना नेपालको सिपाही देखि कम्पनि कमाण्डर सम्मको भुमिका निभाएकी धमलाको कृति गणतन्त्र सेनानी कोषको आयोजनामा भएको “गणतन्त्र सेनानी सम्मान — २०८१”कार्यक्रममा लोकार्पण गरिएको हो।
सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यता तथा माओवादी उच्च स्तरका नेताहरु पर्व जनमुक्तिसेना नेपालका डेपुटी कमाण्डरहरु को बिशेष उपस्थिति र नेता कार्यकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।
गणतन्त्र सेनानी कोषका अध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई “ गणतन्त्र नायक सम्मान” बाट सम्मानित गरिएको थियो।
कार्यक्रममा दशबर्षे जनयुद्ध ,१९ दिने जन आन्दोलन तथा बिभिन्न राजनैतिक र सामाजिक रुपान्तरणमा अग्रणी मोर्चामा रहेर देश र जनातको लागि आफ्नो ज्यानको पर्वाहा नगरि लड्ने साहासिक योद्धाहरु ,जनमुक्ति सेनाका डेपुटी कमाण्डर जनार्दन शर्मा प्रभाकर , नन्द बहादुर पुन पासाङ ,चक्रपाणी खनाल बलदेव तथा जनमुक्ति सेनाका बिभिन्न तहका कमाण्डरहरुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै डेपुटी कमाण्डरहरुले आवश्यकता परे पुन युद्ध मोर्चा सम्हाल्न जान सकिने धारणा व्यक्त गरेका थिए भने प्रमुख अतिथि प्रचण्डले परिस्थिति त्यस्तै बन्दै गईरहेकोले प्रतिकृयावादीहरु संग पुन एकपटक लडाई हुन सक्ने संकेत गरेका थिए ।
कार्यक्रममा मनतब्य राख्दै अध्यक्ष प्रचण्डले अब हुने लडाईको लागि आफु तयार भएर निस्कि सकेको बताउँदै साथ दिन सबैलाई आह्वान समेत गरेका छन्।