आज गाई पूजा गरेर देशभर गाइतिहार मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भन्ने गरिन्छ।

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनि आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ। गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेको छ। आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास पनि रहेको छ।

किन गरिन्छ गाई पुजा ?

गाईलाई हिन्दूधर्मावलम्बीहरु गौमाता तथा लक्ष्मीस्वरुपाका नामले पुकार्ने गर्दछन्। गाईको सेवा गरेमा सबै पाप नष्ट हुने जनविश्वास छ। गौमाताको सिङको तल्लो भागमा ब्रह्मा र भगवान विष्णुको बास हुन्छ। साथै सिङको अग्र भागमा तीर्थ रहने विश्वास गरिन्छ। साथै बीचमा महादेवले बास गर्दछन्।

गाईको निधारमा गौरी, नाकको अग्र भागमा भगवान कार्तिकेय, नाकको दुई प्वालमा कम्बल र अश्तर नाग बस्ने गर्दछन्।

गाईको कानमा अश्विनी कुमार, आँखामा चन्द्रमा र सूर्यदेव, दाँतमा आठ वशुगण, जिब्रोमा वरुण, कण्ठमा माता सरस्वतीको वास हुने गर्दछ।

सबै देवीदेवताहरु गौमाताको शरीरमा रहने भएकोले गाईलाई पूजा गर्ने गरिन्छ। सबै देवी देवताहरु र सबै तीर्थ व्रतादीहरु गाईको शरीरमा लिप्त रहने भएकोले गौमातालाई लक्ष्मीस्वरुप मानेर पूजा गर्ने गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय