तिहारमा भाइमसलामा प्रयोग हुने काजु, बदाम, पेस्ता लगायतका ड्राइफ्रुट्स शतप्रतिशत बाहिरी मुलुकबाट आयात हुँदै आएका छन् ।भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष भियतनाम, नाइजेरिया लगायतका १५ देशबाट एक अर्बभन्दा बढीको ड्राइफ्रुट्स आयात भएको छ।

भियतनाम, नाइजेरिया बेनिन लगायतका मुलुकबाट समेत तिहारमा प्रयोग हुने भाइमसलाको सामग्री आउने गरेको छ।

भन्सार विभागका अनुसार असोज मसान्तसम्म १० देशबाट २६ करोड १ लाख रुपैयाँको २ लाख ९८ हजार ९४६ किलो काजु आयात भएको छ ।

जसमध्ये भारतबाट १३ करोड १२ लाख ४४ हजार रुपैयाँको १ लाख ४९ हजार ७३९ किलो काजु आयात भएको छ। दोस्रोमा बेनिनबाट १ करोड २९ लाख रुपैयाँको १६ हजार १०३ किलो काजु आयात भएको छ।

विभागको तथ्यांकअनुसार सोही अवधिमा १ करोड ४५ लाख ६ हजार रुपैयाँको १२ हजार ७७७ किलो पेस्ता भारत र चीनबाट आयात भएको छ। यसमध्ये ठूलो परिमाणमा पेस्ता चीनबाट आयात भएको छ। चीनबाट १ करोड ३४ लाख ५६ हजार रुपैयाँको ११ हजार ९०७ किलो पेस्ता आयात भएको छ, भने भारतबाट १० लाख ५० हजार रुपैयाँको ८७० किलो आयात भएको छ।

अमेरिकाबाट आयो साढे १७ करोडको बदाम

चालु आवको साउन–असोजको अवधिमा १८ करोड ५९ लाख ५८ हजार रुपैयाँको २ लाख ३२ हजार ६९३ किलो बदाम आयात भएको विभागको तथ्यांकले देखाएको छ। जसमध्ये सबैभन्दा धेरै अमेरिकाबाट आयात भएको छ भने मलेसियाबाट पनि सानो परिमाणमा आयात भएको छ।

अमेरिकाबाट १७ करोड ४८ लाख ३१ हजार रुपैयाँको बदाम आयात भएको छ। भारतबाट ८५ लाख ७६ हजार रुपैयाँको ८ हजार ९९१ किलो र मलेसियाबाट २५ लाख ५१ हजार रुपैयाँको बदाम आयात भएको विभागको तथ्यांकमा उल्लेख छ।

यस्तै भारत र अष्ट्रेलियाबाट २ लाख बराबरको २४० किलो कटुस आयात भएको छ ।

२१ करोडको ओखर, १० करोडको किसमिस

असोज मसान्तसम्ममा करिब २१ करोड रुपैयाँ बराबरको ओखर आयात भएको छ । जसमध्ये चीनबाट २० करोड ९७ लाख ५० हजार रुपैयाँको ६ लाख ७ हजार ३५ किलो र भारतबाट ९० हजार रुपैयाँको १९० किलो ओखर आयात भएको छ ।

असोज मसान्तसम्ममा १ करोड ३० लाख रुपैयाँको १ लाख २४ हजार १७७ किलो छोकडा आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। जसमध्ये सबैभन्दा १ करोड २९ लाख रुपैयाँ बराबरको छोकडा भारतबाट आयात भएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय