कतार/
धादिङ सेवा समाज कतारका सातौं अधिबेशनबाट आयुश घले अध्यक्ष मा निर्वाचित भएको छ।
कतार स्थित ग्राण्डमलमा रहेको रेडचिल्लिमा सम्पन्न भएको अधिवेशनबाट नेत्रावती डवजोङ कटुञ्जेका अध्यक्षमा घलेलाई अध्यक्ष मा निर्वाचित गरेका हुन। २१ मार्च २०२४ मा भएको धादिङ सेवा समाज कतारको तदर्थ समिति गठनमा घले सचिव थिए ।
उक्त अधिवेशनबाट प्रथम उपाध्यक्षमा गौतम तामाङ, द्वितिय उपाध्यक्षमा उषा रिमाल, महासचिवमा रामहरि श्रेष्ठ, सचिवमा अम्बरबहादुर गुरुङ, कोषाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा अनिता तामाङ चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा गणेशकुमार श्रेष्ठ, बिनोद गोले, हरिप्रसाद ढुंगाना, गणेश अर्याल, राधिका परियार र शंखराम तामाङ चयन भए । सामाजिक अभियानमा सकृय घलेको आगमनले कतारको श्रमिक लगायत अन्य क्षेत्र मा उल्लेखनीय योगदान हुने बिस्वास गरिएको छ।


सन् २००१ मा गठन गरिएको यस समाज समाजको सन् २००७ मा नाम परिवर्तन गर्दै धादिङ युवा समूह नामकरण गरी दुई कार्यकाल अधिवेशन भईसकेको थियो । अधिवेशनले फेरि संस्थाको नाम धादिङ सेवा समाज कतार नै राख्ने निर्णय गरेको छ ।
रोजगरीको सिलसिलामा कतारमा २०० भन्दा बढी धादिङ्गेहरु रहेको अनुमान गरिएको छ ।
धादिङ्गेहरुको साझा फोरमको रुपमा हेरिएको यस संस्थाले लोकदोहोरी गायिकाद्धय अस्मिता डल्लाकोटी र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष समेत रहेकी लोक तथा दोहोरी गायिका रिता थापा मगरलाई सम्मान गरेको थियो ।
