भोलि सोमबार कुशे औँशी परेको छ। भाद्र कृष्ण औंशीका दिन देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउने गरिन्छ।
पहिले पहिले गाउँघरमा यत्तिकै वास्ता नगरिने कुश पछिल्लो समय पैसा कमाउने साधन बनेको छ। कुशको व्यापार विगत केही वर्षदेखि बढ्दै गएको छ।
विशेषगरी उपत्यका बाहिरबाट कालीमाटीमा कुश भित्रने गरेको छ। यही होलसेलमा गाउँबाट आएका कृषक तथा साना व्यापारीले कुश एकाबिहानै बेच्ने गरेका छन्।
एक मुठाको २ सयदेखि ३ सयसम्म र एक कल्लीको १ हजारदेखि कल्लीको मोटाइ हेरेर २ हजारसम्म पनि बिक्री वितरण भएको थियो।