काठमाडौ महानगरपालिका वडा नं. २९ घट्टेकुलो घर भएकी ।पिता नारायणप्रसाद गौतम र माता तारादेवीको कोखबाट जन्मनु भएकी साहित्यकार सरस्वती गौतम संचार क्षेत्रमा चिरपरिचित नाम हो।हाल उहाँ नोबेल साकोसको अध्यक्ष पनि हुनुहुन्छ।
हालै सरस्वती गौतमले अनामिका नामक उपन्यास प्रकाशन गर्नु भएको छ। यस पुस्तकको बिमोचन भब्य कार्यक्रमबिच हिजो साउन १ गते शनिबार भएको थियो। यस उपन्यास उहाँले केही बर्ष अगाडि नै तयार पारिसक्नु भएको तर विभिन्न कारणहरूले गर्दा प्रकाशन ढिला हुन गएको भन्ने कुरा पुस्तकका लेखीकाले बिमोचन पश्चात् नै उक्त कार्यक्रममा पटक पटक भन्नु भएको थियो। पुस्तकको समीक्षा प्रमुख अतिथि डा. दामोदर पुडाशैनी किशोरबाट भैरहदा मलाई कौतुहलता जागेको थियो अरू के के भन्नुहुन्छ होला भनेर। आदरणीय दाजुले पुस्तकका बारेमा मिठो शैलीमा समीक्षा प्रस्तुत गर्नु भएको थियो।
दामोदर दाजुको प्रस्तुतीकरणले नराम्रो बस्तु वा चिज पनि राम्रो बनिदिन्छ भन्ने कुरा ४० बर्ष अगाडि देखिनै मलाई राम्रो संग थाहा भएको कुरा हो।
उपन्यासको सार तत्वनै उहाँले बताई सक्नु भएको छ यसको समीक्षा गर्दा। दामोदर दाजुबाट भएको समीक्षा निकै महत्त्वपूर्ण रहेको छ। पुस्तकको बारेमा सरस्वती गौतमले मलाई यो पुस्तक दिदैं पढेर केही सुझाब, जानकारी र पुस्तकको बारेमा केही भनिदिन अनुरोध गर्नु भएको कारणले मैले घरमा पुगेर खाना पनि नखाईकन पहिला पुरा पुस्तक पढ्दै केही कुराहरू टिप्दै गर्दा आफुलाई लागेका कुराहरू छोटकरीमा यहाँ उल्लेख गरेको छु। उपन्यासका हरेक पात्रको बर्णन अर्थात कुन पेजमा के छ ?
उहाँको बारेमा कसले के भने भन्दा पनि पुस्तक पढ्दा मैले के पायाँ भन्ने कुरा मेरो लागि मुख्य हुन गएकोले त्यसैबाट कुरा सुरू गर्न थालेको छु। उपन्यासका प्रमुख दुई पात्रको चर्चा पछाडि गर्नेछु तर पुस्तकले हाम्रो समाजलाई के दियो त ? अर्थात हामीले के पायौ ? सर्सर्ती हेर्दा पुस्तकको कभरमा लेखकको फोटोको सुन्दर आवरण छ अनि पुरा पुस्तकका पाना पानामा सरस्वती गौतम चिच्याइरहनु भएको देखें मैले। महिलाका आवाज बोकेर अक्षर शब्द, वाक्य र लाईन हुँदै हिड्नु भएको रहेछ उहाँ पुरा पुस्तकभरी। अनामिका उपन्यास पढ्दै जादा नारीका भावना, महिला कुण्ठा, महिला अधिकार, महिला स्वतन्त्रता, असफल प्रेमकथामा आधारित भएर बर्णन गरिएको छ।
विभिन्न कारणले प्रेम बिबाहमा परिर्णत हुन नसकेपछि अनामिकाले एउटा बिधुर धनी लाउरे छानेर बिहे गरेको देखिन्छ यस उपन्यासमा। बिदेश पठाउने निहुँमा मेन पावरले ठगेका कुरा होस वा माओबादी द्वन्द्वको समयमा भएको ज्यादती, मान्छे मरेका र मारिएका कारणले गर्दा परिवारलाई परेका पीडा, घर छोड्न बाध्य भएका कुराहरूलाई शसक्त रूपले उठाउनु भएको छ यस उपन्यासमा उहाँले।
गंगामायाकी कान्छी छोरी अनामिकालाई मुल पात्र र उनका प्रेमी मधुसूदन सहायक पात्रको रूपमा वर्णन गर्नुभएको छ। समाजभित्र बिध्यमान रहेको छोराको आशमा छोरी छोरी जन्मने र छोरा जन्माउनै पर्छ भन्ने धारणाले छोरीबाट जन्मेका नाति, नातीना हुर्कीसक्दा पनि अर्की बिहे गरेर भए पनि बंश निरन्तरता दिन पर्ने, कुल तार्न र सम्पतिको रक्षाको लागि र बुढेसकालमा पाल्न पनि छोरो जन्माउनै पर्छ भन्ने समाज भित्रका पुरूषहरू लागि परेको कुरालाई निकै सटिक ढङ्गले उठाउनु भएको छ उहाँले। महिला हेपिने र खेदिने कुरामा परिवारका अन्य महिलाहरू पनि जिम्मेवार रहेको भन्दै सचेत गराउन खोज्नु भएको छ उहाँले समानताका कुरा, महिला अधिकारका कुरा, महिला ससक्तिकरणका कुराहरूलाई लिएर लेखीका दरैसंग उभिनु भएको छ यस उपन्यास भित्र। घर, घर बाहिर, गाँउ, छिमेक र बस्ती बस्तीका कुराहरू उठाउनु भ्याउनु भएको छ उहाँले। गाँउका धनी र ठुला मुखीयाहरू र उनिहरूले समाजभित्र गरेका थिचोमिचो , अन्याय, अत्याचारहरूका साथै उनिहरूले गरेका मोजमस्ती र साधारण परिवारको खर खेत समेत खोस्ने सम्मका अत्याचार सहन नसकेर गाउँलेहरूले बिद्रोह गर्दा गाउँ छोडेर भाग्नु परेको कुरालाई खुब आकर्षक तरिकाले व्याख्या गर्नु भएको छ उहाँले यस उपन्यास भित्र।
अत्याचार लामो समय टिक्दैन यस बारेमा राम्रैसंग वर्णन गर्नु भएकोमा उहाँलाई हार्दिक धन्यबाद दिन चाहान्छु म। काठमाडौं भन्दा बाहिर सुदुर पश्चिम, तराई भेग त्यस्तै धरान, धनकुटा र आसपासका क्षेत्रभित्रका परिबेश, चाल चलन, रितिरिवाजहरू के कस्ता रहेछन् भन्ने कुरा बुझ्न सकिने रहेछ यो उपन्यास पढ्दा। कतै लेखीकाले त्यतै बसेर सुझबुझका साथ यो उपन्यास तयार पारेको त होइन? कौतहुलता जागेको छ मलाई।
अनामिकालाई देखाएर किशोर अबस्थाको कुतकुती, जिस्कने बानी सहित बैँस लाग्दा मनमा के के हुन्छ भन्ने कुरालाई सटिक ढङ्गले चित्रण गर्नु भएको छ उहाँले। यस उपन्यासकी प्रमुख पात्र विभिन्न कारणले गाउँ छोडेर काठमाडौं आएको र उनका दु:ख पीडा र सङ्घर्षका कुराहरू कस्ता कस्ता थिए बताउदै जानु भएको छ उपन्यासमा।
पढ्दा पढौ पढौ लाग्ने बनाउनु भएको छ उपन्यासलाई। दु:खमा साथ दिने मान्छे नभेटिएको। विभिन्न ठाउमा काम गरेको एउटा संस्थामा राम्रो काम गरेको कारणले थप जिम्मेवारी सहित अनामिकालाई तराई भेगमा पठाइएकोमा छोटो समयमा नै अनामिका काठमाडौ सरूवा भएकोले काठमाडौं फिर्ता आउदा रात्रीबसमा पहिलो पटक मधुसूदन संग भेट भएको र त्यो चिनजान, गफगाफ रातभरमा प्रेममा कसरी परिवर्तन भयो भनेर उल्लेख गर्नु भएको छ यस उपन्यासमा सरस्वती गौतमले । बिषय बस्तुलाई स्वादिलो बनाउन गुलियो, अमिलो, नुन, बेसार सहित मसला राख्ने उहाँको कलाको तारिफ गर्नै पर्दछ।
प्रेमले निकै नजिक भएका एक बिना अर्को बस्न नसक्ने भैसकेका अनामिका र मधुसुदनको लामो समय सम्म भेट नहुनु र आफन्तहरू बाट सम्बन्ध छुटाउने प्रयास गर्नु ।यसमा पनि महिला नै अग्रसर भएको देखिन्छ। महिलाले महिलालाई साथ नदिए सम्म यो समाज परिवर्तन हुँदैन भन्ने कुरालाई बुझाउन खोज्नु भएको छ सरस्वती गौतमले। यथार्थ नबुझि आरोप र प्रतिआरोपका कुराहरूको सम्बध जोडिनुको सट्टा कसरी भत्कदो रहेछ उपन्यास पढ्दा थाहा हुन्छ।
यी सबै कुरालाई राम्रोसँग चित्रण गर्नु भएको छ यस उपन्यासमा सरस्वती गौतमले। यथार्थ कुरा दुबै जनाले नबुझेका र एक आपसमा शंका धेरै गरेका कारणले उनिहरूको सच्चा प्रेम बिबाहमा परिणर्त हुन सक्दैन। जीवन जिउनै परो भनेर दुबैले आ आफ्नो ब्यबस्था गरेका छन। सच्चा प्रेम असफल भएको भन्दै अनामिकाले आउदा दिन सुखमय होस भनेर होला एउटा धनी बिधुर केटासंग बिबाह गरेको देखिन्छ यस उपन्यास पढ्दा।
यसरी उपन्यासको कथालाई टुङ्ग्याउनु भएको छ उहाँले। यो पुस्तक उपन्यास मात्र होइन एउटा नारी दस्तावेज पनि हो। केलाएर खोज्दै जाँदा केही गल्ति कमजोरी त अबस्य छन् र भेटिन्छन् पनि। सुध्दता, वर्ण बिन्यास, भाषाका, त्रुटि यो भन्दा पनि भावलाई हेर्नु पर्छ र समाजलाई के दियो भनेर हेर्नु पर्दछ हामीले। उहाँलाई अब दोस्रो शन्तानकी आमा बनेको चाडै देख्न पाइयोस।
शुभकामना छ।
ध्रुबप्रसाद गजुरेल
तारकेश्वर नगरपालिका ३ काठमाडौं ।
काठमाडौं