रोमानिया/ खेन्पो लामा मिग्मार ड्राकपो रेपाको प्रमुख आतिथ्यतमा तथा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष फुर्साङ लामाको सभा अध्यक्षता साथै धार्मिक मन्त्रालयका संस्कृति निर्देशक मिहाइ मिरोनको विशिष्ट आतिथ्यतामा सभ्य र भब्य रुपमा हर्षोल्लासमय पारिवारिक वातावरणमा गत आइतबार जनवरी २५ तारिखमा राजधानीको डाईमन इभेन्टस-२ को सभाहलमा ल्होछार कार्यक्रम सम्पन्न भएको थियो।


प्रवासमा आफ्नो भाषा, धर्म, कला, संस्कार तथा संस्कृतिको जगेर्ना गर्ने मूल नारालाई आत्मसात गर्दै सन् २०२३ जनवरी १ तारिखका दिन स्थापना भएको नेपाल तामाङ घेदुङ रोमानियाद्वारा मञ्जुश्री संवत् २८६२ औं ता-ल्हो/ घोडा वर्गको अवसरमा आयोजित चौथो संस्करणको वृहत् सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रम -२०२६ (सोनाम ल्होछार) कार्यक्रम ऎतिहासिक रूपमा सम्पन्न भएको छ।


विहान १० बजे देखि विधिवत रुपमा लामा धर्मगुरुहरुद्वारा पुजा पाठ गरि दीप प्रज्वलन, नेपाली राष्ट्रिय गान र रोमनियन राष्ट्रिय गान श्रवण गरि उद्घाटन गरेको कार्यक्रमलाई संस्थाका प्रवक्ता मान बा. तामाङ ले स्वागत मन्तव्यबात स्वागत गर्दै औपचारिकता लिएको कार्यक्रमलाई थप रोचकमय बनाउन उद्घोषकद्दोय सुरेन्द्र लामा र सुनिता लामाले सौहार्दपूर्ण वातावरणमा सहजीकरण गरेका थिए।
कार्यक्रममा उपस्थित अतिथिहरु, काग्युन बौद्ध संघ, शेर्पा किदुक रोमानिया, तमु समाज रोमानिया, नेपाल किरात सेवा समाज रोमानिया, नेपाल मगर समाज रोमानिया, नेपाल एकता समाज रोमानिया, यस रोमानिया समाज र ह्योल्मो समुदायका प्रतिनिधिहरू, बुकारेस्ट चर्च, विभिन्न व्यवसायी, सञ्चारकर्मी, समाजसेवी तथा प्रायोजक सहयोगिहरु, नेपाली चर्चका प्रतिनिधिहरु लगायतका अन्य अतिथिहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए।
साथै ल्होछार प्रेमी रोमानियन नागरिक तथा नेपाली समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूको संख्यामा बाक्लो उपस्थिति रहेको अतिथि तथा आमन्त्रित सम्पूर्णलाई मनोरञ्जन दिलाउन स्थानीय चर्चीत कलाकारहरुले गायन तथा नृत्य दुबै विधाको बेजोड प्रस्तुतिले हलको भरिभराउ माहोल निकै तताएको आयोजक ले बताए।
उक्त कर्यक्रम सफल बनाउन बौद्धिक, आर्थिक तथा भौतिक रूपमा पुर्याएको अमूल्य सहयोग प्रति स्पोनसर, विभिन्न संघ संस्थाक प्रतिनिधि अतिथिहरु, स्थानीय कलाकारहरु, मिडियाकर्मी, लगायत आमन्त्रित अतिथि, दर्शकविन्द हरु सबैप्रती नेपाल तामाङ घेदुङ रोमानियाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभाअध्यक्ष फुर्साङ लामा तामाङले २८६२ औं त-ल्हो वर्गको सोनाम ल्होछाको अवसरमा जगतप्राणी सबैको सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापण भएको घोषणा गरे।
मन्तव्य राख्ने क्रममा अतिथिहरुले रोमनियामा घेदुङले आयोजना गरेको विभिन्न कार्यक्रम सफल भएको र सामाजिक कार्यमा अग्रस्थानमा रहेर अतुलनीय योगदान पुर्याएको भन्दै उच्च प्रशंसा गर्दै रोमानियमा स्थपित विभिन्न संघ संस्थाहरु वीचमा भाईचाराको सद्भाव कायम रहि रहने बाचा गरे।

