अचेल मन्दिरकाे मुर्ति पत्थर जस्ताे लाग्छ
नत तिमी बिनाकाे घर, घर जस्ताे लाग्छ ।
तिमिले छाेडेर गएपछी खै किन हाे किन
आफु नदिले छाेडेकाे बगर जस्ताे लाग्छ।
एकान्त राेज्छु अनि तिमिलाई खाेज्छु प्रिय
न गाउँ गाउँ जस्ताे न शहर शहर जस्ताे लाग्छ।
न जिउन सक्छु न मर्न सक्छु दाेधारमा छु मँ
याे जिन्दगी आफुलाई जहर जस्ताे लाग्छ।
शालिग्राम भट्ट(खरानी)