नुवाकोट /
रसुवा जिल्लाको पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने जनैपुर्णिमा मेला नजिकिएसँगै पदमार्गमा सञ्चालित होटलका लागि मेला अवधिभर मात्र लागू हुने गरि दररेट निर्धारण गरिएको छ।

धुन्चेदेखि गोसाइँकुण्ड सम्मको पदमार्गमा सञ्चालित होटलहरुको मूल्य सूचीमा एकरूपता नभएका कारण यात्रु ठगिएको गुनासो बारम्बार आएसँगै जिल्ला प्रशासन कार्यालय रसुवाले मेला अवधिभरका लागि मूल्य सूचि निर्धारण गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी सरस्वती अधिकारीका अनुसार गोसाईकुण्ड मेला अवधिभरका लागि घट्टेखोलादेखि गोसाईकुण्डसम्मको पदमार्गमा रहेका होटल तथा थर्फु सञ्चालकहरुले चिया, खाना, घोडाचढी र बासको दररेट तोके अनुसार मात्र लिन पाउने गरि मूल्य सूची सार्वजनिक गरिएको बताए।

उहाँका अनुसार पदमार्गमा पर्ने घट्टेखोला, खेन्दी, देउराली, ढिम्सा,चन्दनबारी, चोलाङपाटी, लौरीविना र गोसाइँकुण्डका लागि छुट्टाछुट्टै मूल्य तोकिएको छ। अब यात्रुहरुले एक कप तातोपानीको स्थान अनुसार १० रुपैंयादेखि ८० रुपैंयासम्म तिर्नुपर्ने छ भने २७५ रुपैंयाँ देखि ६ सय रुपैंयासम्म सादा खानाको रकम तोकिएको छ।

यसैगरि स्थान अनुसार घोडा चडिहरुका लागि भने चार हजारदेखि आठ हजार रुपैंया निर्धारण गरिएको छ।

नागपञ्चमीदेखि सुरु भई साउन शुक्ल पुर्णिमा अर्थात जनैपूर्णिमाका दिनसम्म गोसाईकुण्डमा हजारौ तीर्थयात्रीहरुले मेला भर्ने गर्दछन्।

हेर्नुहोस मुल्यशुचि:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय