नुवाकोट /
चोरी गरी भाग्दाभाग्दै नुवाकोटका एकयुवा समातिएका छन। विदुर नगरपालिका घर भई काठमाडौं महानगरपालिका-१६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं महानगरपालिका-५ कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भुपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रूपैयाँ बराबरको धनमाल चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
