नुवाकोट /
जिल्लाको म्यागङ गाउँ पालिका – ५ सामरी भञ्ज्याङ बजार पहिरोको उच्च जोखिममा रहेको छ। मध्यपहाडी लोकमार्गको लापरबाहीले पहिरोको जोखिम बढेको हो।

मृत संजिवनी जे. वि. ठेकेदार कम्पनीबाट निर्माणमा ढिलासुस्ती भएकाले पहिरोको जोखिम बढेको स्थानीयको ठहर छ।

सामरी प्रहरी चौकी नजिकै ठूलो रुख ढलेपछी निरन्तर खसिरहेको पहिरोले चौतारा धाराछेउका घरहरु लगायत स्वयंम प्रहरी चौकी समेत जोखिममा रहेको छ।

“पहिरो नियन्त्रण गरी बस्ती सरक्षण गराई पाउँ” भन्दै दिइएको निवेदनमा जिल्ला प्रशासन कार्यालय नुवाकोट, वागमती प्रदेश मुख्यमन्त्रिको कार्यालय हेटौंडा, अन्य सरकारी निकायहरु र मृत संजिवनी जे वि ठेकेदारलाई थप क्षति हुन नदिन लोकमार्ग निर्माण कार्य तत्काल सचारु गराउन आवश्यक पहल गरिदिन अपिल गरिएको छ।

यस्तै मध्यपहाडी लोकमार्गको कमजोर संरचनाकै कारण म्यागङ ५ जोरचौतारामा ठूलो पिपलको रुख ढल्न लागेको र संगै रहेको माधव सापकोटाको घर उच्च जोखिममा रहेकोले दुर्घटना न्यूनीकरणका लागी ध्यानाकर्षण समेत गराइएको छ।

यसैगरी, मध्यपहाडी लोकमार्गको देउडी सामरी खण्ड र सामरी भर्र्याङ् भुरुङखण्ड इतिहासकै खराब सडक बनेको छ। जस्मा यात्रा गर्दा झनै जोखिम बढेको छ।

सामरी नजिकैको हरलामछाप घुम्तीमा आधा सडक करिब १०/१२ मिटर ५० सेन्टिमिटर देखि १ मिटरसम्म पहाडै भासिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय