नुवाकोट /
नेपाल ३१ स्वर्ण, २० रजत र ११ कांस्यसहित कुल ६२ पदक जित्दै आठौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा पहिलो भएको छ।
भुटानको थिम्पुमा दुई दिन भएको प्रतियोगितामा नेपालसहित चार देश सहभागी थिए ।भारत २७ स्वर्ण, २० रजत र १३ कांस्यसहित दोस्रो भएको छ।
श्रीलंका पाँच स्वर्ण, १८ रजत र ३१ कांस्यसहित तेस्रो भयो। आयोजक भुटानले पाँच रजत र ३७ कांस्य पदकसहित चौथो स्थान प्राप्त गरेको छ।
नुवाकोटलाइ २ स्वर्ण, २ रजत
पन्चकन्याका मिन बहादुर तामाङले सिनियर ६० केजि तौल समुहमा स्वर्ण र टिम कुमितेमा रजत तथा बेलकोटगढि नगरपालिकाका पुष्पका लामाले सिनियर ५५ केजि तौल समुहमा रजत तथा टिम कुमितेमा स्वर्ण पदक जित्न सफल भएका छन्।