नुवाकोट/
जिल्लामा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।

ककनी गाउँपालिका -४ ओख्ले बस्ने ६० वर्षिय कृष्ण बहादुर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

तामाङले घरको कोठामा भरुवा बन्दुक लुकाएर राखेको छ भन्ने सुचनाको आधारमा प्रहरी चौकी ककनीबाट खटिएको प्रहरी अधिकृत सहितको टोलिले उनलाई बुधवार विहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए।

उनको घर खानतलासी गर्दा भरुवा बन्दुक एक थान फेला परेको थियो। अवैध रुपमा भरुवा बन्दुकसहित पक्राउ परेका तामाङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोट ल्याएर अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x