नुवाकोट /
१८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन्। पूर्वी नवलपरासीको कावासोती नगरपालिका–५ ठकुरी चोकमा बुधवार बिहान १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका डीएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई कुटेर मारेको निहुँमा बाबु छोराको झगडा भएको थियो।
कुकुरलाई कुटेको निहुँमा झगडा हुँदा निराजनले ढुंगाले टाउकोमा हानेको र बुवाको घटनास्थलमै मृत्यु भएको डीएसपी पौडेलले बताए। निराजनलाई पक्राउ गरी अनुसन्धान थालेको उनले बताए।