
मुगुमा आज बिहान भूकम्प धक्का महसुस गरिएको छ। बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ।
भूकम्प ३.९ म्याग्निच्युडको रहेको केन्द्रको अभिलेखमा उल्लेख छ । मुगुसहित आसपासका जिल्लामा धक्काको महसुस गरिएको थियो।