नुवाकोट/
जिल्लाका एक युवक तीस हजार अमेरिकी डलरसहित आईतवार रसुवाको टिमुरेबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ककनी -२ पैरेबेशी बस्ने ३३ वर्षिय समिर सुनार रहेको प्रहरीले जनाएको छ।


रसुवाको गोसाईकुण्ड गाउँपालिकालिका -२ रसुवागढी स्थित टिमुरेबाट रसुवागढीतर्फ गइरहेका उनलाई हिंडीरहेको अवस्थामा पक्राउ गरिएको हो।
रसुवागढी नाका तर्फ हिंडीरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, सशस्त्र प्रहरी बल नेपाल टिमुरे र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो।
