नुवाकोट /
जिल्लाको पञ्चकन्या -२ शान्ति चौतारामा १५ दिने आधारभूत मौरीपालन तालिम सम्पन्न भएको छ। प्रदेश सरकार र पन्चकन्या गाँउपालिकाको साझेदारीमा गत जेठ ३१ गते देखी संचालन मौरी तालिम असार १३ सम्पन्न भएको हो।
१५ दिनसम्म सन्चालन भएको आधारभूत मौरीपालन तालिममा स्थानीय ३० जना महिलाहरुको सहभागिता रहेकोे थियो भने नेपाल मौरी पालक माहासंघ नुवाकोट शाखा अध्यक्ष, आधुनिक माैरी फार्म तथा घार उधोगका प्रोपाइटर भिमप्रसाद अधिकारीले प्रशिक्षण दिएका थिए ।


उक्त कार्यक्रममा प्रमुख अतिथीको तर्फबाट उप प्रमुख बिमला के सी ले गाउँ पालिका सधैं किसानको हितमा काम गर्ने र यस ब्यबसाय सन्चालन गर्ने महिलालाई आबस्यक सहयोग गर्न तयार रहेकोले ढुक्क भएर ब्यबसाय गर्न आग्रह गरे।
समापन कार्यक्रमका सभापति एवम २ न बडा अध्यक्षको तर्फबाट यस वडा आर्थिक रुपले सम्बृद्ध बनाउन यस तालिमले मद्दत पुग्ने र सहभागी हरुलाई ब्यबसाय गर्न र ब्यबसाय गर्ने सहभागीहरुलाई थप सहयोग गर्ने बचन दिदै १५ दिन सम्म आफ्नो वडामा आएर सहजिकरण साथै स्थानीय उत्पादनको बजारिकरणको समेत जिम्मेवारी लिएकोमा सहजकर्ता एवम् नेपाल मौरी पालक माहासंघ नुवाकोट शाखा अध्यक्ष भीम प्रसाद अधिकारीलाई बिशेष धन्यवाद दिदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
