अबदेखि व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने भएको छ। आन्तरिक राजश्व विभागले सार्वजनिक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो।

आर्थिक विधेयक, २०८१ बाट आयकर ऐन, २०५८ को दफा ८१ क. थप भई व्यावसायिक कारोबार बापतको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्थाअनुसार विभागले सूचनामार्फत जानकारी गराएको हो।

यस्तो व्यवस्था कार्यान्वयन नगरिएमा हरेक पटक पाँच हजार रुपैयाँ वा कुल कारोबार रकमको दुई प्रतिशतमध्ये जुन बढी हुन्छ सो रकम शुल्क लाग्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय