नुवाकोट /
वडाध्यक्षको हस्ताक्षर किर्ते गरेको आरोपमा वडासचिव पक्राउ परेका छन्।रसुवाको गोसाइँकुण्ड गाउँपालिका– ३ का सचिव ४७ वर्षीय वाङदी तामाङलाई रसुवा प्रहरीले आइतबार पक्राउ गरेको हो।

सोही गाउँपालिका– २ का अध्यक्ष कामी छिरिङ तामाङको उजुरीका आधारमा वडासचिवलाई पक्राउ गरिएको रसुवाका डिएसपी केशव भट्टराईले बताए।

टिमुरेमा रहेको आफ्नो एक रोपनी १२ जग्गा बिक्रीका लागि घरबाटो सिफारिससम्बन्धी पत्रमा वडासचिवले किर्ते हस्ताक्षर गरेका हुन्। वडाध्यक्षले सिफारिसमा ढिलाइ गरेपछि उनले आफैँ हस्ताक्षर किर्ते गरेका बताइएको छ।

करिब ६ महिनाअघि नै वडाध्यक्षले सचिव वाङदीविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। आइतबार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि लिखत किर्ते मुद्दामा पक्राउ गरी अनुसन्धान अघि बढाइएको डिएसपी भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय