नुवाकोट /
कुकुरलाई क्रूरतापूर्वक लाठीले हानेर मारेको आरोपमा प्रहरीले इलामका तीन जनालाई पक्रेको छ।

इलामको देउमाई नगरपालिका-९, जितपुरबाट २१ वर्षे दीक्षान्त मोरोहाङ लिम्बू, त्यहीँका १७ वर्षे संगम लिम्बू र १७ वर्षे अशोक लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूले पटक–पटक लाठीले हानेर कुकुर मारी खाडलमा पुरेर त्यसको भिडियो सामाजिक सञ्जालमा हालेको प्रहरीको भनाइ छ।

गत जेठ ३२ गते उनीहरूले कुकुर मारेर पुरेको भिडियो फेसबुकमा हालेका थिए। ‘सुगम मोराहाङ लिम्बू’ र ‘भूत प्रेत’ एकाउन्टबाट यो भिडियो सार्वजनिक भएको थियो।

यो घटना सामाजिक सञ्जालमा देखेपछि पशपंक्षी कल्याण संघले जिल्ला प्रहरी कार्यालयमा जाहेरिसमेत दर्ता गरेको छ। पक्राउ परेकाहरूविरुद्ध ‘पशुपंक्षीसम्बन्धी कसुर’ अन्तर्गत जाहेरी परेको प्रहरीको भनाइ छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय