नुवाकोट /
जिल्लाको किस्पाङ -५ मानेगाउँमा भाईले खुकुरी प्रहार गर्दा दाजुको ज्यान गएको छ। घरायसी जग्गा विवाद हुँदा भाईले दाजु माथी खुकुरी प्रहार गरेका हुन।
जेठ १४ गते अन्दाजी बर्ष ७२ को खमसिङ तामाङलाई आफ्नै भाइ अन्दाजी बर्ष ६७ को सिंह बहादुर तामाङले धारिलो हतियार (खुकुरी) प्रहार गरी हत्या गरी आफ्नै घर भित्रको माथिल्लो तलामा लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका छन भने उनको साथबाट हत्यामा खुकुरी समेत बरामद गर्न सफल भएको छ।



