नुवाकोट /
जिल्लामा बसको ठक्करबाट मोटरसाइकलमा यात्रा गरिरहेका २ जना विद्यार्थीको मृत्यु भएको छ।

बेलकोटगढी-८ र विदुर नगरपालिका-३ जोड्ने त्रिशूली खोला नयाँ पुलमा बसको ठक्करबाट उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा २६ वर्षीय स्वीकार राना र २७ वर्षीय रुबिन रावल छन्।

दुईवटा मोटरसाइकल बसमा ठोक्किएका थिए।

कक्षा १२ को परीक्षा सकेर काठमाडौँबाट घुम्न आएका विद्यार्थीको मृत्यु भएको हो।

एकजनाको घटनास्थलमा मृत्यु भएको थियो भने अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। अन्य २ जना घाइतेलाई थप उपचारका लागि काठमाडौ लगिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय