नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिकामा सक्रिय चारदलले संयुक्त रूपमा अर्थमन्त्रालयसंग बजेट माग गरेका छन। विदुर नगरपालिकाको कोलनी प्लाष्टर ,भैरमकोट हुदै म्यागङ गाउँपालिकाको देउराली ,किम्ताङ हुदै थम्बुखोला धादिङ जोड्ने करिब २५ किलोमिटर सडक कालोपत्रे गर्नको लागि १ अर्ब ५० करोड बजेट रकम माग सहित अर्थ मन्त्रलायलाई ज्ञापन पत्र बुझाएको हो।
नेकपा एमाले ,नेकपा माओवादी केन्द्र, रास्वपा र नेपाली कांग्रेसले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएको हो।


अर्थमन्त्रालयमा बुझाइएको उक्त ज्ञापनपत्रमा रास्वपा म्यागङका सभापति मंगल तामाङ, एमाले म्यागङका अध्यक्ष लालसिंङ तामाङ, माओवादी केन्द्र म्यागङका अध्यक्ष बुद्धिबहादुर तामाङ र नेपाली कांग्रेस म्यागङका सभापति सिंङ्गराज तामाङले संयुक्तरूपमा हस्ताक्षर गरेका छन।
पुर्णपाठ:

