नुवाकोट /
जिल्लाको म्यागङ गाउँपालिका -५ सामरी भञ्ज्याङमा जारी ‘बागमती प्रदेश स्तरिय अन्तरपालिका पुरुष खुल्ला भलिबल प्रतियोगिता’को समापन भोलि बैशाख १२ गते बुधबार हुँदैछ। उक्त प्रतियोगिताको फाइनल भिडन्त पञ्चकन्या गाउँपालिका नुवाकोट र आयोजक म्यागङ गाउँपालिका ‘ए’ बिच हुन लागेको हो।

रास्ट्रीय र बिभागिय खेलाडीहरु सम्मीलित उक्त प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो।

दुप्चेश्वर गाउँपालिकालाई पाखा लगाउँदै आयोजक म्यागङ फाइनल प्रवेश गरेको छ भने नेत्रावती डब्जोङ गाउँपालिका धादिङको टिमलाई रोक्दै पञ्चकन्या गाउँपालिकाको टिम फाइनल प्रवेश गरेको हो।

प्रतियोगितामा आजै भएको खेलमा नेत्रावती डबजोङ गाउँपालिकालाई पराजित गर्दै दुप्चेश्वर गाउँपालिकाले तेस्रो स्थान हात पारेको छ।

खेल बुधबार दिउँसो ठिक २ बजे हुने आयोजक म्यागङले नुवाकोट जागरणलाई बताएका छन।

उक्त प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख नगदसहित प्रमाणपत्र र मेडल रहेको छ भने दोस्रो पुरस्कार २ लाख रहेको छ।

यस्तैगरी तेस्रो पुरस्कार ५० हजार तथा सान्त्वना पुरस्कार २५ हजार रहेको छ।

प्रमुख अतिथीमा बहादुर सिंह लामा र विशेष अतिथिमा रमेश कुमार महत तथा सांगीतिक प्रस्तुतिका लागि चर्चित म्हेन्दोमाया गायक तथा संगितकार शैलाप वाइवाको उपस्थिति रहनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय