नुवाकोट/
जिल्लामा एक जना वृद्धले खुर्पा प्रहार गरी युवकको हत्या गरेका छन् ।ककनी गाउँपालिका-२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या भएको हो ।

हत्या अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय डम्बर बहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ।

डम्बर बहादुरले आफ्नै घरमा मंगलेलाई खुर्पा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय