नुवाकोट/
सतारुढ नेकपा माओवादी केन्द्रको प्रवास संगठन नेपाली जन प्रगतिशील मोर्चाको अध्यक्षमा नुवाकोट रामचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएको छ।

शुक्रबार साउदीको पुर्बी क्षेत्र दम्माममा आयोजित मंचको छैठौं महाधिवेशनले जिल्लाको बेलकोट नगरपालिका – मदानपुर घर भएका वाग्लेलाई अध्यक्षमा निर्वाचित गरेको हो।

साउदीको प्रतिष्ठित कम्पनी अनाबिबमा बिगत १० बर्ष देखि कार्यरत वाग्ले श्रमिक आन्दोलन मार्फत तत्कालीन बिद्रोही माओवादीमा आबद्ध भएका थिए। वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत अबस्थामा श्रमिक राहत तथा उद्वारमा सकृय रहदै आईरहेको छन्।

महाधिवेशनमा माओवादीका केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसाल र सचीव तथा पुर्व मन्त्री राम कार्की सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय