नुवाकोट /
जिल्लाको म्यागङ -४ किम्ताङमा आयोजित “चौथो प्रतिमा स्मृतिकप पुरुष भलिबल प्रतियोगिताको उपाधी खनियाबास गाउँपालिकाले जितेको छ। आयोजक किम्ताङलाई पराजित गर्दै उपाधी जितेको हो।

उक्त प्रतियोगिता प्रतिनिधि सभा कानुन समितिका सभापति विमला सुवेदीको प्रमुख आतिथ्यता सम्पन्न भएको हो।

१२ टिम सहभागी रहेको उक्त प्रतियोगितामा धादिङको खनियाबास गाउँपालिका र नुवाकोट म्यागङको आयोजक टिम किम्ताङ फाइनल प्रवेश गरेको थियो भने सत्यदेवीका मिलन घले म्यान अफ द म्याच घोषित भएका थिए।

प्रथम बनेको खनियाबासले १ लाख नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् भने दोस्रो स्थानमा चित्तबुझाएको आयोजक किम्ताङले नगद रु ५० हजारसहित प्रमाणपत्र हात पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय