नुवाकोट /
धादिङ र नुवाकोटको सिमाना वाकामा १४ औं वाकाकप फुटबलको उद्घाटन गरिएको छ। नेत्रावती डबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो।
नुवाकोट ,धादिङ र भक्तपुरसहितका जिल्लाबाट कुल ३२ टिमको सहभागिता रहेको खेल संयोजक दिपक तामाङले बताए।
आज बिहीबार भएको उद्घाटन खेलमा खनियाबासलाई २ – ० गोल अन्तरले पराजित गर्दै भक्तपुरको नगरकोट विजयी बनेको छ।
प्रत्येकदिन ४ खेलहरु हुनेछन भने फाइनल खेल २०८१ बैशाख १ गते हुनेछ।
प्रतियोगिताको विजयी टिमले नगद रु २ लाख र उपविजेता टिमले नगद रु १ लाख पुरस्कार प्राप्त गर्नेछन् ।