भर्याङ भुरुङ/
नुवाकोट र धादिङको सिमाना भर्याङ भुरुङ खोलामा डुबेर एकजनाको ज्यान गएको छ। बुधबार बिहान ९ बजे विन्दुकेशर महादेवथान नजिकैको बान्द्रे दहमा डुबेर उनको ज्यान गएको हो।

नेत्रावती डबजोङ गाउँपालिका ४ कल्लेरीका ५२ वर्षिय पाण्डव सापकोटाले दहमा हामफालेर आत्महत्या गरेको भर्याङ भुरुङ अस्थायी प्रहरी चौकिका इञ्चार्ज (प्रह) प्रविन खड्काले बताएका छन।

मृतक सापकोटाको शव पोस्टमार्टमका लागि धादिङबेसी पठाइएको छ भने घटनाको थप अनुसन्धान भैरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय